प्रियंकासँग दीपकराजको मस्ती



चलचित्र ‘छक्का पन्जा २’ को जम्बो टिम अहिले मोफसल दौडाहामा छ । यसै क्रममा शुक्रवार इटहरी पुगेको ‘छक्का पन्जा २’ टिमले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्‍यो ।

साक्षात्कारमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत र स्वरुप ढकाल थिए । दीपक र प्रियंकाले ‘झ्याम्म झ्याम्म’ बोलको गीतमा ठुम्का लगाउँदा जितु र केदारले कमेडीमार्फत दर्शकलाई रमाईलो गराए । यस्तै, बर्षा र पुरुषले ‘नाइलनको साडीमा’ बोलको गीतमा नाचेका थिए ।

असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रको मोफसल यात्रा निकै रमाईलो भएको र दर्शकको मायाले उत्साहित भएको प्रियंकाले बताइन् । यस्तै, गृह नगरमा विराटनगरका बाढी प्रभावितलाई सहयोग समेत गरेकी निर्देशक निरौलाले मोफसलमा ‘छक्का पन्जा २’ को क्रेज उच्च रहेको बताइन् ।

शनिवार हेटौँडामा पत्रकारलाई फिल्मको विषयमा जानकारी दिँदै निर्देशक निरौलाले ‘छक्का पन्जा २’ ले अघिल्ला फिल्म भन्दा बढी सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन् ।


कलाकार एवम् निर्माता दीपकराज गिरीले फिल्मले नयाँ पुस्ताको कथा बोकेको बताए । यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा रहेको ‘छक्का पञ्जा २’मा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu