तपाईँकै नजिक आइन ‘उर्वशी’, हेर्ने अवसर गुम्ला है !



urbasi
ठुलोपर्दा डटकम, काठमाण्डौ।
मनिष पन्थले निर्देशन गरेको चलचित्र ‘उर्वशी’ शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको छ। झण्डै असी सिनेमा हलबाट प्रदर्शनमा आएको यो चलचित्र प्रतिक्षित थियो। प्रेम र द्वन्द्व मिश्रीत बताईएको यो चलचित्रलाई यस अघि दश बर्ष पहिले ‘पूर्णिमा’ नामक चलचित्र बनाएका खगेश्वर पुनले बनाएका हुन्।

‘उर्वशी’मा प्रदिप ढकाल, अरुणीमा लम्साल, नीता ढुंगाना, किशोर खतिवडा, मुकेश आचार्य, किशोर श्रेष्ठ, रश्मी भट्ट, संगम राई लिम्बु आदि कलाकारको मुख्य भूमिका छ। चलचित्रमा बब्बु थापाको नृत्य, सानु कुमार महर्जनको एक्सन र रोशन लामिछानेको सम्पादन, दिव्य सुवेदीको छायाँकन छ । वीरेन्द्र अग्रहरी, विकास चौधरी र अर्जुन कौशलको संगीत रहेको यो चलचित्र विशुद्ध सामाजिक र पारिवारिक बिषयमा निर्माण भएको बताईन्छ।

त्यस्तै, रामजी लामिछाने निर्देशित चलचित्र  ‘कोही त छ’ पनि ‘उर्वशी’सँगै रिलिज भएको छ। झरना थापा, मुकेश आचार्य, राज बल्लभ कोईराला, शुशिल पोखरल लगायतका कलाकारहरुको अभिनय रहेको सो चलचित्रमा आरबी प्रधानले निर्माण गरेका हुन्।

[tabs tab1=”वलीउडको ‘बुलेट राजा'” ]

[tab]यसै साता वलीउड चलचित्र ‘बुलेट राजा’ पनि रिलिज भएको छ। सैफ अलि खानको यो चलचित्रमा खानलाई सोनाक्षी सिन्हाले साथ दिएकी छिन्। ‘ग्यांगस्टर’ मा आधारित यो थ्रिलर चलचित्र प्रायः एक्शन दृश्य रहेको बताईन्छ। यो चलचित्रलाई तिग्मांशु धूलियाले निर्देशन गरेका छन्।[/tab]
[/tabs]

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu