चिकित्सक कपिल बने निर्देशक, दुई भिडियो सार्वजनिक



काठमाण्डौ। लण्डनमा बस्दै आएका दन्त चिकित्सक कपिल रिजालको निर्देशनमा तयार भएका दुई गीतको भिडियो सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा रामकृष्ण ढकाल र तारा रिजालको स्वरमा रहेका दुई भिडियो सार्वजनिक गरिएको हो ।

ढकालको स्वरमा रहेको गीतको रचना डा. भोला रिजालले गरेका हुन् भने तारा रिजालले नारायण गोपालले गाएको गीत कभर गरेकी हुन् । डा.कपिल गीतकार भोला रिजालका छोरा हुन् । कार्यक्रममा उनले बुबाकै प्रेरणाले संगीत निकट रहेको बताए ।

‘बुबाको संगतकै कारण गीतसंगीतमा सानैदेखि रुची थियो । कामको सिलसिलामा लन्डनमा बसे पनि नेपाली गीत, संगीत र फिल्म प्रति रुची उस्तै छ,’दुई वर्षअघि रिलिज भुवन केसी निर्देशित फिल्म ‘ड्रिम्स’को निर्मातासमेत रहेका उनले भने,’मैले अहिलेसम्म निर्माण गरेका आधा दर्जन बढी म्युजिक भिडियो भन्दा यो भिडियो अलिक पृथक किसिमको छ ।’ उनले भिडियोले परिवारको बीचमा संवाद कम हुनुमा नयाा पुस्ता वा पुरानो पुस्ताभन्दा पनि समयका कारण ‘ग्याप’ भइरहेको अवस्थालाई चित्रण गरेको बताए ।

‘भिडियोको कथा आफ्नै अनुभवबाट सिर्जितभन्दा पनि हुन्छ । मैंले चाहेर पनि बुबा वा ममीलाई समय दिन सक्दिन तर यसको मतलब यो होइन कि उहााहरूलाई आदर गर्दिन । भिडियो पनि हामीले यस्तै थिममा बनाएका छौं,’ डा.कपिलले भने ।

बाबु, छोरा र नाति पुस्ताको सम्बन्धलाई देखाउने भिडियोमा नातिसँग रमाउने हजुरबुवा र हजुरबुवाप्रति उनका छोराले गर्ने व्यवहारको विषयलाई संयोगान्त रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेता सरोज खनाल हजुरबुवा, जीवन भट्टराई छोरा, सुरबिना कार्की बुहारी र बाल कलाकार कुसाग्र भट्टराईले नातिको भूमिकामा अभिनय गरेका छन् ।

शिखर सन्तोषको संगीतमा रामकृष्ण ढकालले स्वर दिएको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको छायांकन छ । गीतकार डा. रिजालले विषम परिस्थितिमा आफूले गीत सिर्जना गरेको बताए । ‘यो गीतको रेकर्ड गर्दा गायक रामकृष्णले रेकर्डिङ लगत्तै यो गीतमा सरोज खनाललाई खेलाउन पाए हुन्थ्यो भन्ने सोचेका रहेछन् । मैले पनि त्यही सोचिरहेको थिएा । नभन्दै भिडियोमा सरोज खनाललाई नै खेलाउन मौका पायौं । उहााले हाम्रो सोचलाई असाध्यै न्याय गर्नु भएको छ,’ भोला रिजालले भने ।

कार्यक्रममा डा. कपिलकी छोरी तारा रिजालले गाएको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’को कभर गीतको भिडियो पनि देखाइएको थियो । यो गीतका वास्तविक गायक नारायण गोपाल हुन् । यो भिडियोको निर्देशन पनि डा. कपिलले नै गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu