‘रोमियो’को ‘ल्याङ ल्याङ’ गीत रिलीज (भिडियो)



काठमाण्डौ। एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोमियो’को ‘ल्याङ ल्याङ’ बोलको गीत रिलिज गरिएको छ । गीत रिलीज सँगै कार्तिक २४ गतेबाट प्रदर्शन हुने यो चलचित्रको प्रचारलाइ तिव्रता दिइएको छ ।

सार्वनिक गीतमा सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर, सुनिलकै संगीत रहेको छ । गम्भिर बिष्टले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा चलचित्रकी अतिथी नायिका अशिष्मा नकर्मी र अतिथी नायक संजोग कोइरालालाई समेत फिचरिङ गरिएको छ । साथमा हसन राजा खान र ओशिमा बनुपनि रहेका छन् ।

यो चलचित्रमा हसनराज खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ । अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ । शंकर कार्कीले चलचित्रको निर्देशन गरेका हुन् ।

एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको चलचित्रका सह-निर्माता बिष्णु कार्की छन् । मिलन सापकोटा चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रले त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको छ ।​

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu