‘सकस’को गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। कात्तिक २४ गते रिलीज हुने नेपाली चलचित्र ‘सकस’को पहिलो गीत सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्व बडादशैंको अवसर पारेर फिल्मको ‘विस्तारै विस्तारै’ बोलको गीत सार्वजनिक गरीएको हो ।

शहदेब ढुङ्गानाको शब्द, चेतन सापकोटाको संगीतमा करुणा हमाल र राई नविनको स्वर रहेको गीतको भिडियोमा अभिनेता सुन्दर श्रेष्ठ र अभिनेत्री महिमा सिलवाल फिचरिङ छन् । भिडियोको कोरियोग्राफर विनोद सापकोटा हुन् ।

चलचित्रमा विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । लेखन मौनता श्रेष्ठको हो ।

दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी हुन् । फिल्ममा हिमाल केसीको द्वन्द्व, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu