दीयासँग दयाहाङ्गको छमछमी, ‘ह्याप्पी डेज’को ‘चेप्टे…’ गीत रिलिज (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ह्याप्पी डेजको पहिलो गीत रिलीज भएको छ । ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीतमा दयाहाङ्ग राई र दीया पुनले नृत्य गरेका छन् ।

मिलन चाम्स निर्देशित यो चलचित्रको सार्वजनिक गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर छ भने राजनराजकै शब्द-संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नृत्य गरेकी दीयाले ‘ह्याप्पी डेज’मा केमियो भूमिका गरेकी छन् ।

माघ १२ गते देशव्यापी रिलिज हुने ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । दयाहाङसहित प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी अभिनित सिनेमाको छायांकन बेलायतमा गरिएको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu