जापानमा निधन भएका कलाकार थापाको जापानमै अन्त्येष्टी हुने



niraj-thapa-death-japan
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हृदयघातबाट जापानमा निधन भएका नेपाली कलाकार निरज थापामगरको जापानमा नै अन्त्येष्टी गरिने भएको छ। जापानबाट नेपाल शव ल्याउनको लागि कानुनी झण्झट हुने भएपछि निधन भएको एक हप्तापछि शनिवार जापानमा नै अन्तिम सँस्कार हुने भएको हो। निरजका भाई बेलायतबाट जापान पुगिसकेका छन्।

झण्डै तीन महिना पछि नेपाल फर्कने योजनामा रहेका निरज दुई दशक जापानमा बिताएका थिए। समुद्रपारी डटकमका अनुसार उनको निधन हृदयघातबाट भनिएता पनि पोस्टमार्टम रिपोर्ट आईसकेको छैन। अन्दाजी ४३ वर्षका थापामगर गत शनिवार विहान टोकियोको योयोगी पार्कमा मृत अवस्थामा भेटिएका थिए । प्रायः साईकलमा हिंडने थापामगरको साइकल चलाएको अवस्थामा नै हृदयघात भएको हुनसक्ने बताईएको छ।
niraj-basanti
निरजले सुपरहिट निर शाह निर्देशित चलचित्र ‘बसन्ती’मा जंगवहादुरको भूमिका निभाएका थिए। उनले चलचित्र ‘माइली’मा पनि खलनायकको भूमिकामा अभिनय गरेका थिए ।  प्राप्त जानकारी अनुसार निरजले बेलायती सैनिकमा काम गरेका थिए। स्वेच्छिक अवकाश दिएर २० बर्ष अघि जापान पसेका उनि जापानी महिलासँग विवाह गरेका थिए तर केहि समयपश्चात नै सम्बन्ध विच्छेद  गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu