समाचारलाई लिएर प्रदिपको आक्रोश



काठमाण्डौ। एक साप्ताहिक पत्रिकामा समाचार प्रकाशित भएपछि नायक प्रदिप खड्का आक्रोशित भएका छन् । उनको नयाँ चलचित्र ‘लिलीबिली’बाट २३ लाख पारिश्रमिक लिएको खबर तथा सोहि चलचित्रको प्रेसमिटमा बडिगार्ड राखेपछि उनको चर्चा चुलिएको थियो । साथै, ‘प्रेम गीत २’ले प्रदीपलाई ५३ लाख पर्ने कार उपहार दिएपछि सबैको ध्यान प्रदिप तिर नै तानिएको थियो ।

यिनै बिषयलाई लिएर प्रकाशित समाचारलाई शेयर गर्दै प्रदिपले आक्रोशित हुँदै आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् । स्टाटसमा उनले यस्ता प्रकारका समाचारले आफुलाई निराश गर्ने प्रयास गर्ने र येस्ता हेडलाइनहरूले आफ्नो छविलाई बर्बाद गर्न खोजेको तर यस्ता समाचारले आफुलाई सतर्क गराउने काम गरेको उल्लेख गरेका छन् ।

प्रदीपको स्टाटस जस्ताको तस्तै:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu