श्यामका आँखा स्वेताको जवानीमा किन ? | Video



shyam-swetaठुलोपर्दा डटकम, काठमाण्डौ। नायिका स्वेता भट्टराईको जवानीमा नव-नायक श्याम अर्यालका आँखा परेका छन्। स्वेताको जवानीको च्याटले उनलाई ह्याङ्ग बनाएको छ। चलचित्र ‘प्रड्युसर’बाट नायक बनेका श्याम अर्याल र नायिका स्वेता भट्टराई अभिनित आईटम गीत सार्वजनिक गरिएको छ। सो चलचित्र माघ १७ गते रिलिज हुँदैछ।

शुक्रवार अबेर सार्वजनिक सो गीतमा प्रविधी सम्बन्धित रमाईला टुक्का राखिएको छ। ‘फोन गर्छौ, च्याट गर्छौ, ट्विट गर्छौ किन ? मेरो मस्त जवानी हेर्नलाई हो’, ‘तिम्रो फेसबुकको फोटोमा लाईक गर्दा गर्दा हाम्लाई भुतुक्कै बनायो, तिम्रो त्यो मस्त जवानीमा च्याट गर्दा गर्दा हाम्लाई ह्याङ्ग नै बनायो’ जस्ता वाक्यहरुले गीतलाई रमाईलो बनाएका छन्। बाबु बोगटी र शितल तामाङ्को स्वर रहेको सो गीतका संगीतकार राहुल प्रधान हुन् भने जनक दिपले शब्द कोरेका छन्।

जनक दिप पराजुलीको निर्देशन तथा राजकुमार राईद्वारा निर्मित ‘प्रोड्युसर’मा श्याम अर्याल, श्वेता भट्टराई, श्याम राई, विल्सनविक्रम राई, पायल रायमाझी लगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन् । चलचित्र उद्योगकै विषयवस्तुलाई आधार बनाएर निर्माण भएको चलचित्र ‘प्रोड्युसर’मार्फत संचारकर्मी श्याम अर्यालले नायकको रुपमा डेब्यू गरेका छन्।

Watch Song Here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu