‘रोमियो’ ट्रेलर रिलिज (भिडियो)



कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो’को ट्रेलर रिलिज भएको छ । ‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्रको ट्रेलरमा मस्ती, प्रेम, विछोडलाई मुख्य स्थान दिइएको छ । चलचित्रमा नायिका निशा अधिकारी यौनकर्मी महिलाको भूमिकामा प्रस्तुत भएकी छिन् ।

चलचित्रमा हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ । शंकर कार्कीले चलचित्रको निर्देशन गरेका हुन् ।

एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको चलचित्रका सह–निर्माता बिष्णु कार्की छन् । मिलन सापकोटा फिल्मका कार्यकारी निर्माता हुन् । त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको चलचित्रमा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu