नायक राज अब एक्शनमा, भारतिय सेनामा नेपालीको वीरताको कथामा चलचित्र बन्ने



काठमाण्डौ। नायक राज आर्यन अब एक्शन चलचित्र लिएर चलचित्रमा अभिनय गर्ने भएका छन् । यसअघि ‘लभ यु म्यान’ र ‘चियर्स’ चलचित्रमा अभिनय गरिसकेका राजले अब भने भारतमा ब्रिटिश साम्राज्यवादको युगमा भएको नेपालीहरुको सत्य घटनामा आधारित चलचित्रमा अभिनय गर्दैछन् ।

राजले विगत चार बर्ष देखि अस्ट्रेलियामा रहेर अध्ययन गरिरहेका थिए । हाल उनि नेपाल फर्केर नयाँ चलचित्रको लागि धमाधम द्वन्द्व र नृत्य सिकी रहेका छन् । यसअघि लभस्टोरी भूमिकामा लभर ब्वाईको रुपमा देखिने राज आर्यन यसपटक भने पूर्ण एक्सन भूमिकामा देखिने छन् ।

पी.एन.पी.मिडिया हाउस को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका निर्माताको रुपमा नायक तथा कलाकार पुस्करजंग थापा रहेका छन् । सत्य घटनामा आधारित उक्त चलचित्रको स्क्रिप्ट निर्माता पुस्करजंग थापाले नै तयार पारेका हुन् ।

नेपाली चलचित्रमा बढ्दो आधुनिक प्रबिधिको प्रयोग हुन थालेसँगै यस चलचित्रमा पनि भीएफएक्स, क्यामरा वर्कस तथा एक्सन सिक्वेन्सहरुमा जोड दिइने निर्माण पक्षले बताएको छ । चलचित्रमा नायकका रुपमा राज आर्यन अनुबन्धित भइसकेता पनी दक्ष निर्देशकको खोजीमा निर्माण पक्ष लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu