इजरायलमा रहेका नेपाली चेलीको कथा हेर्नुहोस् | समाजसेवी बन्नुहोस्



poster
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेचुरल मुवि मेकर्सले तयार पारेको ‘गोर्खाज् डटर्स इन इजरायल’को इजरायल प्रदर्शनबाट संकलित रकमको केहि प्रतिशत रकम समाजसेवामा खर्चिने भएको छ। आगामी २०१४ जनवरी १० मा इजरायलको तेल अविवमा प्रदर्शन हुने सो चलचित्रबाट ‘काठमाण्डौ बाल विकास समाज’का बालबालिकालाई जाडोको लागि आवश्यक पर्ने लत्ताकपडा खरिद गरिने भएको छ।

निर्माता प्रकाश थापाका अनुसार आफ्नो मेहनतबाट कमाएको केहि रकम असहायका लागि खर्चिँदा पुण्य प्राप्त हुने महशुस गरेकोले सो काम गर्न लागेको हो। यसअघि थापाद्वारा निर्मित चलचित्र ‘वर्ल्ड कप इन नेपाल’को इजरायल प्रदर्शनको केहि रकम सोहि संस्थालाई हस्तान्तरण गरिसकिएको छ।

वैदेशिक रोजगारीको लागि इजरायलमा रहेका नेपाली महिलाहरुको कथामा आधारित चलचित्र ‘गोर्खाज् डटर्स इन इजरायल’ जनवरी १० मा इजरायलको तेल अविवको सिनेम्याट्रिक हलमा दुई शो हुँदैछ। प्रकाश थापा र सुर्य सिम्खडा निर्माता नेहा गुरुङ् सह-निर्माता रहेको सो चलचित्रलाई राजु भण्डारीले निर्देशन गरेका छन्। रत्न कार्की छायाकार हुन् भने लक्ष्मी अधिकारी, सुनिता राई, नितु खतिवडा, निलम गिरी, मोहन श्रेष्ठ, लिला लिम्बु, मुना बस्नेत, स्वस्तिका श्रेष्ठ, रश्मी घिमिरे आदि कलाकारहरुको अभिनय रहेको छ।

निर्माता प्रकाश थापासँग काठमाण्डौमा गरिएको कुराकानी हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu