उर्वशीः प्रेम र दौलतको अन्तर | दर्शकलाई पच्यो



neeta-urbashi
ठुलोपर्दा डटकम, काठमाण्डौ।
शनिवारको उपस्थिती र प्रतिक्रियाले दर्शकले ‘उर्वशी’ मन पराएको आँकलन गर्न सकिन्छ। उपस्थितीलाई मात्र हेर्दा सारवजनिक विदाको दिन भएर भन्ने देखिएता पनि दर्शकको प्रतिक्रिया अनुसार यो चलचित्र पाच्य बनेको छ।

युनिभर्सल प्रमाणपत्र लिएर यसै साता दर्शकमाझ आएको ‘उर्वशी’मा प्रेम र सम्पत्तीको अन्तर देख्न र महशुस गर्न पाईन्छ। मन छुने प्रेम कथामा सामाजिक सन्देश बाहक बनेको सो चलचित्र हेरेपछि ‘ठिकै हो’ भन्ने कम दर्शक भेटिएका छन्। शनिवार अन्तिम शो बाहेक अन्य शो प्रायः हलमा हाउसफुल थिए। निर्देशक मनिष पन्थका अनुसार सोहि तवरमा अगाडी बढ्ने संकेत मिलेको छ।

फर्मुला शैलीमा बनेको ‘उर्वशी’ हेरेर गोपीकृष्ण मुविजबाट फर्केका दोलखामा हरि बस्न्यातले भने, ‘नेपाली सिनेमा भित्रकै कुरा गर्दा छि भन्न मिल्दैन, हलीउड-वलीउडसँग तुलना गर्दा चाहिँ बेकार लाग्छ’। त्यस्तै सल्यानका भरत रेग्मी भन्छन्, ‘नेपाली चलचित्रमा यति धेरै सोचेकै थिइन। बजारको चर्चाले धेरै पछि नेपाली फिल्म हेर्न आएको थिए, असन्तोष भइन’। पोखराका नबिन शर्माको भनाईमा ‘उर्वशी’ औसत चलचित्र हो। उनि भन्छन्, ‘सोचेजति भने पाईएन तर हेरुञ्जेल हाई-हाई आउँदैन।’

झण्डै असी सिनेमा हलबाट प्रदर्शनमा आएको यो चलचित्र खगेश्वर पुनले बनाएका हुन्। ‘उर्वशी’मा प्रदिप ढकाल, अरुणीमा लम्साल, नीता ढुंगाना, किशोर खतिवडा, मुकेश आचार्य, किशोर श्रेष्ठ, रश्मी भट्ट, संगम राई लिम्बु आदि कलाकारको मुख्य भूमिका छ। चलचित्रमा बब्बु थापाको नृत्य, सानु कुमार महर्जनको एक्सन र रोशन लामिछानेको सम्पादन, दिव्य सुवेदीको छायाँकन छ । वीरेन्द्र अग्रहरी, विकास चौधरी र अर्जुन कौशलको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu