यूरोपमा खिचियो ‘होलिडे’



निर्देशक बसन्त निरौलाले आफ्नो नयाँ चलचित्र ‘होलिडे’ यूरोपका बिभिन्न मुलुकमा छायांकन गरेका छन् ।

कमेडी ड्रामा जनरामा बनेको ‘होलिडे’मा गौरव पहारी, पबित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेस्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रमा पहिलो पटक नायिका आचार्यले सोलो अभिनय गरेकी छन् ।

फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायतका मुलुकमा छायांकन गरी कलाकारहरुको टीम नेपाल फर्किसकेको छ भने निर्माण टीम भने केहि दिनमा फर्किने निर्देशक निरौलाले बताए । निर्देशक सहित नौ जनाको टीम चलचित्र छायांकनको लागी चालिस दिन अगाडी यूरोप पुगेको थियो । यूरोपमा छायांकनको व्यबस्थापन श्याम श्रेष्ठले गरेका थिए ।

बि.एन. फिल्मसको ब्यानरमा बनेको यो चलचित्रका निर्माताहरु मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, र हरि कार्की हुन् भने दिनेश कालिराज कार्यकारी निर्माता हुन् । चलचित्रलाई अभिमन्यू निरबीले लेखेका छन् भने युवराज चौलागाईं र अमीत श्रेष्ठको संगीत रहेको छ ।

बसन्त निरौला निर्देशित अर्को चलचित्र ‘मेला’ यहि कार्तिक २४ गते रिलीज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu