काठमाण्डौ। कार्तिक १७ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘फाटेको जुत्ता’मा अभिनेता दयाहाङ् राईको पनि अभिनय रहेको छ । सानो भूमिकामा रहेका दयाहाङ्ले कस्तो भूमिकामा अभिनय गरेका छन् त्यो भने खुलाईएको छैन तर एक पोस्टरमा भने दयाहाङ्लाई राखिएको छ ।
रिलीज हुन तीन दिन मात्र बाँकी रहँदा दयाहाङ् राखिएको पोस्टर सार्वजनिक गरिएको हो । पोष्टरमा दयाहाङलाई देवीको अवतारमा देख्न सकिन्छ ।
अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका छन् । यस चलचित्रमा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।