डिलिट गर्न मिल्ने कस्तो माया हो ? | छ एकान छ | Video



6-EKAN-6
ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘छ एकान छ मेरो माया तिम्लाई छ, मैले रिक्वेष्ट पठाको अझै पेण्डिङ् छ। मेरो माया तिम्रो दिलमा सेट गर, होइन भने आजै डिलिट गर’ भन्दै नायिका निता ढुंगानाको पछाडी छ जना हाँस्य कलाकार पछि लागेका छन्। सबैको नजरमा निता आफ्नै प्रेमिका छिन्। चलचित्र ‘छ एकान छ’को सार्वजनिक गीतमा यस्तै पाईन्छ।

पुष २६ मा रिलिज हुने यो चलचित्रमा हाँस्य कलाकारकै लगानी तथा अभिनय रहेको छ। दिनेश डिसीले निर्देशन गरेको सो चलचित्र ‘फुल कमेडी’ चलचित्र हो। सार्वजनिक गीतमा बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको स्वर रहेको छ। हरिवंशलाई किरण केसी र दिनेश डिसीले सघाएका छन्। शम्भुजित बास्कोटाको संगीत रहेको छ।

निर्मल शर्मा र दीपकराज गिरीले बनाएको यो चलचित्रमा दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे र सन्दीप क्षेत्री मुख्य भूमिकामा छन् भने राजबल्लभ कोईराला र गजित बिष्ट बिशेष भूमिकामा छन्।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu