‘तान्द्रो’ प्रिमियर, दयाहाङ्गको तारिफ



काठमाण्डौ। यसै साता रिलीज हुने नेपाली चलचित्र ‘तान्द्रो’को प्रियिमर गरिएको छ । बुधवार राजधानीमा भएको प्रिमियरमा चलचित्र यूनिट तथा अन्य अतिथीहरुको उपस्थिती थियो ।

तत्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको चलचित्र ‘तान्द्रो’मा दयाहाङ राईको मुख्य भूमिका छ । प्रिमियरमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण), विवेकशिल साझा पार्टीकी रञ्जु दर्शना लगायतको उपस्थिती थियो ।

चलचित्र हेर्नेहरु दयाहाङ राईको अभिनयको तारिफ गर्दै बाहिरिएका थिए । वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ । कमरेड कोशिशको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् । गंगाबहादुरले समेत प्रिमियरमा चलचित्र हेरेका छन् ।

यो चलचित्रमा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ । ‘तान्द्रो’का कार्यकारी निर्माता रामबाबु गुरुङ हुन् ।

पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व, आधा सुरको संगीत, उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको फिल्मका निर्माता शतिस कुमार गौतम हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu