दिलको भित्तैमा भन्दै देखिए ‘द कार्टुन्ज क्रु’का सदस्यहरु (भिडियो)



काठमाण्डौ। डान्सर ग्रुप ‘द कार्टुन्ज क्रु’ले तयार पारेको नयाँ गीतको भिडियो सार्वजानिक भएको छ । ‘दिलको भित्तै’मा बोलको गीतमा नविन रावल, अल्मोडा राना उप्रेती र एन्जिला रेग्मीको स्वर रहेको छ ।

भिडियोमा ‘कार्टुन्ज क्रु’का सदस्यहरुको नृत्य रहेको छ । भिडियोमा कलेज लाईफमा हुने रोचक दृष्यहरु समेटिएको छ । नविन रावलको संगीत रहेको यस गीतलाई मिलन विष्टले लेखेका हुन् ।

गायक नविन र एन्जिलालाई भिडियोको अन्तिममा शिक्षकको रुपमा रोचक तवरले प्रस्तुत गरिएको छ । भिडियोमा रामेश्वर कार्कीको छायांकन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu