यहि साल निखिलले सारा बिहे गर्ने, हेर्नुहोस् ‘पिंजडा ब्याक अगेन’को गीत (भिडियो)



काठमाण्डौ। एक्शन नायक निखिल उप्रेतीको डेब्यू चलचित्र ‘पिंजडा’को सिक्वेल ‘पिंजडा ब्याक अगेन’को नयाँ गीत सार्वजनिक भएको छ । माघ ४ गते रिलीज हुने यो चलचित्रको ‘तिमी नि आधा’ बोलको गीत रिलीज भएको हो ।

गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने अर्जुन र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । गीतलाई मुक्त उदासले लेखेका हुन् । निखिल उप्रेती र सारा श्रीपाली फिचरिङ गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

भिडियोमा निखिल र साराको केमेष्ट्री रहेको छ । निखिल र साराले यसअघि ‘रुद्र’ चलचित्रमा एकसाथ काम गरेका थिए ।

चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ । सय बढि चलचित्रमा द्वन्द्व निर्देशन गरेका हिमाल केसीले यो चलचित्र निर्देशन गरेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu