सौगातलाई अर्की नचाहिने, ‘झ्यानकुटी’ नयाँ गीत रिलीज (भिडियो)



काठमाण्डौ। सौगात मल्ल र बेनिशा हमाल स्टारर नेपाली चलचित्र ‘झ्यानकुटी’को नयाँ गीत रिलीज गरिएको छ । मंसिर १ गतेबाट देशैभर प्रदर्शनमा आउने यस चलचित्रको ‘भो मलाई चाहिँदैन अर्की’ बोलको गीत सार्वजनिक भएको हो ।

यस गीतमा धर्मेन्द्र सेवानको स्वर सुन्न सकिन्छ भने प्रदीप भारद्वाजका शब्दमा विकास चौधरीले संगीत भरेका छन् । चलचित्रमा श्रीमती बनेकी बेनिशा हमालले छोडेर गएपछि नायक सौगात मल्लको तड्पाईलाई गीतको भिडियोमा मर्मस्पर्शी शैलीमा देखाइएको छ ।

नायिका नीशा अधिकारीले पहिलो पटक निर्माण गरेको यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गरेका छन् । ‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu