बारुली कम्मर पार्वतीको चलचित्रको सपना (फोटो फिचर)



सुकृत नेपाल,काठमाण्डौ। उदयपुर लेखगाउँकी पार्वती राईले (२२) सानै चलचित्रमा नायिका बन्ने सपना पालेकी थिइन् । तर चलचित्रमा नायिका बन्ने उनको धोको पुरा भएको छैन तर दोहोरी म्युजिक भिडीयोमा भने नायिका बनेर गज्जबले जमिरहेकी छिन् अहीले ।

अहीले लोक दोहोरीका म्युजिक भिडीयोमा सर्वाधिक नाच्ने र रुचाइएकी नृत्यंगनामा पर्छिन उनी । दोहोरी गीतका म्युजिक भिडीयोमा कम्मर मर्काउन थालेको अहीले अढाई वर्षमा २ सय भन्दा बढि गीतमा नाचीसकेकी छन् । भन्छिन्, “यो विधामा मैले नसोचेको सफलता पाइरहेकोमा दंग छु ।”

अहिले उनलाई दोहोरी नायिका भनेर चिनीन्छ । त्यसैले यसै साता राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको लोकदोहोरी अवार्डमा उनलाई सर्वोकृष्ट दोहोरी नायिकाको अवार्ड दिइयो । यता पनि हुरुक्कै उता पनि हुरुक्कै, लरक्कै लर्केको कपाल छ, एबीसिडी पढ्न भन्दा, तिम्रो राम्रो हासो, दिलको ढोका खुल्ला लगायतका दर्जनौँ लोकप्रिय गीतमा नृत्य गरेकी पार्वती नृत्यप्रतिभाको धेरैले प्रशंशा गर्छन् ।

खास गरि उनको राम्रो नृत्यकलाकै कारण म्युजिक भिडीयो देखि स्टेजका कार्यक्रममा भ्याइनभ्याई छ हिजोआज । लोकदोहोरी गीतका सवैभन्दा बढि म्युजिक भिडीयो निर्माण गर्दै आएको कृष्ण फिल्मसका प्रबन्ध निर्देशक तथा भिडीयो निर्देशक बाबुराजा केसी भन्छन्, “अब्बल नृत्य क्षमताका कारण उनी अहीले लोकविधामा सर्वाधिक रुचाइएकी कलाकारमा दरिएकी छन् ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu