‘शेरबहादुर’को ‘कान्छी मट्याङ ट्याङ’ गीत रिलीज (भिडियो)



काठमाण्डौ। नेपाली चलचित्र ‘शेरबहादुर’को ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत रिलिज गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनीक गरिएको गीतमा मेनुका प्रधान, कर्मा र रविन्द्र झालाई फिचरिङ् गरिएको छ ।

माघ १९ गते रिलिज हुने यस चलचित्रको सार्वजनिक गीतमाकोशिस क्षेत्रीको शब्द संगीत र स्वर रहेको छ । यस गीतमा मिना निरौलाले कोशीसलाई गीतमा साथ दिएकी छन् ।

‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर चलचित्र हो । झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसँग सम्बन्धित नभएको कार्यक्रममा बताईयो । चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतको प्रमूख अभिनय छ । धिराज प्रोडक्सनमा बनेको यो चलचित्र सेट निर्माण गरेर ८० प्रतिशत खिचिएको छ ।

‘शेरबहादुर’का निर्देशक आर. राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu