तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ प्रदान



काठमाण्डौ। नेपाल चलचित्र समिक्षक समाजले तीन वर्षको अवार्ड एकसाथ प्रदान गरेको छ । २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिएको हो ।

बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्ड दिईएको हो । २०७३ सालमा रिलिज भएका फिल्महरुमध्ये सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटकथा मीन भाम र अविनाश विक्रम शाह (कालोपोथी), सम्पादन डेभिड बार्कर (सेतो सूर्य), छायांकन अजिज जम्बाकिन (कालोपोथी), अभिनेता बिपिन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुङ्गा) र अभिनेत्री केकी अधिकारी (लभ सासा) उत्कृष्ट घोषित भए ।

२०७२ सालमा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), छायांकन शैलेन्द्र डी. कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री रिश्मा गुरुङ (कबड्डी कबड्डी) ले अवार्ड प्राप्त गरे ।

२०७१ सालमा सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायाङकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पार्श्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के) ले अवार्ड जित्न सफल भए ।

समिक्षकहरुका नजरमा उत्कृष्ट ठहरिएका फिल्म र कलाकारहरुलाई अवार्ड वितरण गरिएको समाजका अध्यक्ष यज्ञशले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu