बाल्टिमोरमा ‘तुलसी’ | अमेरिकामा रहेका कलाकर्मीले हेरे तुलसी



tulsiविजय थापा, भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा नेपाली चलचित्र तुलसी प्रदर्शन भएको छ। उक्त चलचित्रलाई प्रचार र प्रसार गर्न निर्देशक शंकर घिमिरे तथा नायिका ऋचा घिमिरे केहि दिन अगाडी मात्र अमेरिका आई पुगेका छन्।

नेपाली चलचित्रलाई प्रदेशमा पनि माया गर्ने र हेर्ने संख्या वृद्धि हुदै गएको अवस्थामा अमेरिकाबासी नेपाली दाजु भाई तथा दिदिबहिनिहरुले मन पराउनु हुनेछ भन्ने पूर्ण बिश्वास लिएर अमेरिकाको छिरेका हौ भनि निर्देशक घिमिरेले बताए। पहिले पनि बिभिन्न राष्ट्रहरुमा आफुले निर्माण गरेका चलचित्रहरु देखाएकोले अमेरिकामा प्रथम प्रदर्शन देखाउन अवसर पाईएकोमा हर्षित हुदै बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना) परिवार प्रति धन्यबाद शंकर घिमिरेले दिएका छन्।

नेपाली भाषा कक्षा संचालनको सहयोगार्थको लागि ‘तुलशी ‘चलचित्र बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना)ले आयोजना गरेको हो। दर्शकहरुले बानाले अहिले सम्म देखाएको नेपाली चलचित्रमा यो सबै भन्दा उत्तम लागेको भन्दै बानाले यस्तो चलचित्र बेला बेलामा देखाउन आग्रह समेत गरेका छन्। प्रदेशको व्यस्त जीवन र कामको धपेडीले चलचित्र हेर्न कम रुचि भएता पनि चलचित्रकी अभिनेत्री ऋचा घिमिरे स्वयम् दर्शकहरुसंग संगै बसेर हेरी दिएकोले दर्शकहरु अझ उत्प्रेरित भएका छन्।
ghimire-dampati
चलचित्र हेर्न कलाकारहरु पुजा चन्द, सारंगा श्रेष्ठ, लोक गायक प्रेम राजा महत, राजु लामा, गिनिज पुस्तक बिजेता रवि लामिछाने, ब्यबसायी तथा समाज सेवी राजा घले (एटलान्टा )दर्शकको रुपमा आएका थिए भने भारतीय तथा पाकिस्तानी दर्शक पनि आएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu