चाडपर्व छलिएका छविको नयाँ परिक्षा | लोफरको आशा सबैलाई



बैकुण्ठराज पराजुली, काठमाण्डौ। नेपाली चलचित्रका निर्माता छविराज ओझा आफ्नो चलचित्र करिएरमा जति सफल निर्माताको रुपमा चिनिन्छन् त्यति नै उनी बाठो निर्माताको रुपमा पनि चिनिन्छन् । त्यसो त छविले आफु र आफ्नो क्रियसनमा निर्माण हुने प्रायः चलचित्रहरु कहिले कुनै न कुनै चाडपर्व त कहिले नयाँ वर्ष लगायतका बिभिन्न विशेष अवसर पारेर प्रदर्शनमा ल्याउने गर्छन् र उनका प्रायः चलचित्र सफल चलचित्रको सुचीमा पनि छन् ।

पछिल्लो पटक आउँदो मंसिर २१ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको उनको नयाँ चलचित्र भने कुनै पर्व वा अन्य कुनै विशेष अबसर विना नै प्रदर्शनमा आउँदै छ। बरु यो मङ्सिर महिनाको समय भनेको वैवाहिक कार्यक्रममा धेरै जना व्यस्त हुने समय हो । त्यसैले पनि छवि ओझाका चलचित्र जुनसुकै समयमा पनि प्रदर्शनमा आउँदा सफल हुन्छन भन्ने पार्न उनको यो चलचित्र परिक्षाको घडीको रुपमा पनि लिईएको छ ।
loafer-press-meet
त्यसो त निर्माता ओझाले निर्माण गरेको यो चलचित्र पहिलो पटक सुविधा सम्पन्न मल्टीप्लेक्स स्टेशनमा प्रदर्शन हुँदैछ । सिङगल स्क्रिनका सफल निर्माता ओझा मल्टीप्लेक्समा पनि सफल होलान् या नहोलान भन्ने पनि यो चलचित्र उनको लागी परिक्षा नै हुनेछ । यो दिन देशका करिब एक सय पर्दामा छवि ओझा निर्मित चलचित्र ‘लोफर’ सोलो रिलिज हुँदैछ । निर्माण हुँदाको समय देखी नै नेपाली चलचित्र उद्योगमा निकै चर्चामा रहेको यो चलचित्र प्रदर्शनमा पनि एक्लै आउने अवसर पाएकोले सफल हुनेमा धेरैको विश्वास पनि छ ।

चलचित्रको बारेमा जानकारी गराउन काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा निर्माता ओझाले धेरै क्षेत्रको सहयोग पाएकोले अनि दर्शकमाझ पनि प्रदर्शन पहिले नै धेरै गीतहरु लोकप्रिय भैसकेकोले चलचित्र सफल हुने विश्वास गरेका छन् । आदित्य विक्रम लम्साल निर्देशित ‘लोफर’मा दयाह्याङ राई, आर्यन सिग्देल, रजनी केसी, सुशिलराज पाण्डे लगायतका कलाकारहरुले अभिनय गरेका छन् । हेरौँ हरेक समय आफ्ना चलचित्र प्रदर्शनमा ल्याउँदा घाटा नखाएका निर्माता ओझाको यो चलचित्रलाई दर्शकले कत्तिको मन पराउँछन त्यो भने मंसिरको २१ गते पछी नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu