गायिका मात्र होइन, मोडल पनि बनिन् मेलिना (भिडियो)



काठमाण्डौ। गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा उनि आँफैले अभिनय गरेकी छिन् ।

मेलिनाले गीतमा सुहाउँदो भएकोले नै आँफै नै देखिएको बताएकी छिन् । गीतमा उनिसँगै गायक रेवत राई पनि देखिएका छन् । ‘तिमि मेरो जिन्दगीको’बोल रहेको गीतमा शब्द जगत नवोदितको रहेको छ भने तारा प्रकास लिम्बुको संगीत रहेको छ ।

एल्बम अलग उपहारमा संग्रहित यस गीतको भिडियोलाई मेलिनाकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ओम प्रसाईँको छायांकन रहेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । प्रेम भाव व्यक्त गर्ने भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu