‘माइ लभ’को गीतमा ‘१७ बर्षे जोवन’ (भिडियो)



काठमाडौं । मंसिर २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘माइ लभ’को ‘१७ बर्षे जोवन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा कलाकार गणेश लामा र शितल श्रेष्ठलाई फिचरिङ गरिएको छ । गीतमा अर्जुन मुसोङको शब्द र संगीत रहेको छ । मिना सिंहको स्वर रहेको गीतलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

फिल्म क्रियशन नेपालको निर्माणमा बनेको ‘माई लभ’मा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गणेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायत कलाकारहरुको मूख्य भुमिका रहेको छ । चलचित्रमा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ ।

जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको यस चलचित्रमा बैशाख १२ गते गएको भुकम्पको सेरोफेरो र भूकम्पका बेलमा मानिसका देखिएका संवेदना र माया प्रेमलाई समेटिएको छ ।

भुकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानीसहरु भन्दा समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मूख्य विषय चलचित्रमा रहेको छ । बिशेष गरि काठमाडौं महानगरभित्र भुकम्प पछिको अस्तव्यस्तलाई चलचित्रले चित्रण गर्न खोजेको बताईएको छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu