रेखाको नाम किन लिएनन् आर्यन ? | बच्चैमा आर्यनकी फ्यान थिइन् रजनी



ठुलोपर्दा डटकम, काठमाण्डौ। लामो समयपछि निर्माता छवि ओझासँग काम गरेका आर्यन सिग्देल र रेखा थापा बीचको दुश्मनी त  नयाँ होइन र नजानिदो पनि होइन। मंगलवार आयोजित पत्रकार सम्मेलनमा आर्यनले ओझासँग काम गर्दा ‘किस्मत’, ‘कसले चोर्‍यो मेरो मन’ लगायतका सिनेमामा काम गर्दाको जस्तै अनुभव भएको आर्यनले बताए तर ‘रेखाको याद आयो की आएन’ भन्ने पत्रकारको  प्रश्नमा आर्यन अक्मकाए।

प्रसंगवश सोधिएको सो प्रश्नबाट आर्यनलाई अप्ठेरो पर्‍यो। उनले सम्हालिएर उत्तर फर्काए, ‘मैले छविराज ओझासँग काम गर्दाको क्षणलाई मात्र सम्झिएँ, अरुसँग मतलब छैन ।’ जवाफमा रेखाको नाम समेत लिन नचाहेका आर्यनको अनुहार सो प्रश्नबाट हतोत्साहित देखिएको थियो। रेखा र छविको बिछोडसँगै रेखा फिल्म्स र छविराज प्रोडक्शन छुट्टाछुट्टै चलचित्र निर्माण कम्पनी बनेका छन्।
aaryan-rajani
बच्चैमा आर्यनकी फ्यान थिइन् रजनी
नायिका रजनी केसीको एक भनाईले पत्रकार सम्मेलनमा उपस्थित सबैलाई हाँसो उठाईदियो। आर्यनसँगै ‘लोफर’मा नायिका बनिसकेकी केसीले आर्यनलाई आफुले बच्चैदेखी मन पराउने र फ्यान बनेको बताएपछि माहोल एकाएक हाँसोले गुञ्जिएको थियो। एकैछिनमा आर्यनले रजनी बच्चै भएकाले निर्देशकले नाच्न नदिएको गुनासो गरेपछि रजनी रातीपिरी भईन्।

पत्रकारहरुले छविले बच्चालाई ल्याएको भन्दै ठट्टा गरेका थिए। छविले धेरै कलाकारलाई जन्माएको भन्दै ‘छवि क्याम्प’को उपनाम समेत दिईएको थियो। चलचित्र भित्र भान्टा भन्ने पात्रले आफु प्रतिष्ठित व्यक्ति बन्न चाहँदा चाहँदै पनि बाध्यताबश खराब व्यक्ति बन्न पुग्ने र उसैको संघर्षलाई ‘लोफर’ मा देखाउन खोजिएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu