पुष २६ मा पराई | तीन आशातित चलचित्रको लडाईँ



parai-press-meetठुलोपर्दा डटकम, काठमाण्डौ। शिव रेग्मी निर्देशित चलचित्र ‘पराई’ पौष २६ मा रिलिज हुने भएको छ। मंगलवार पत्रकार सम्मेलन गर्दै फिल्म यूनिटले रिलिज नसार्ने संकेत दिएको छ। सोहि मितिमा अन्य दुई आशा गरिएका चलचित्र पनि रिलिजको लागि प्रचार-प्रसार गरिरहेका छन्।

माघे संक्रान्ति लक्षित गरेर ‘पराई’को साथमा कमेडी चलचित्र ‘छ एकान छ’ र प्रेम कथाको ‘बितेका पल’ रिलिज हुनेछन्। यि तीनवटै चलचित्र ‘स्टारडम’ चलचित्र हुन्। मंगलवारको पत्रकार सम्मेलनमा अतिथीको रुपमा उपस्थित प्रतिष्पर्धी चलचित्र ‘छ एकान छ’का निर्देशक दिनेश डिसीले अघिल्लो बर्ष पनि निर्माता गोविन्द शाहीकै चलचित्र आफ्नो चलचित्रसँग जुधेको स्मरण गर्दै यसपाली पनि त्यस्तै भएको बताए। डिसीले अर्को बर्षको चलचित्र भने सल्लाह गरेर नजुधाउने बताए।

निर्माण सम्पन्न भएको लामो समयपछि रिलिज हुन लागेको पराईका निर्देशक शिव रेग्मी मृगौला रोगका कारण अस्पतालमा उपचाररत रहेका छन्। कार्यक्रममा उपस्थित सबैले रेग्मी शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। पराईमा राजबल्लभ कोईराला, निरज बराल, गोबिन्द शाही, नन्दिता केसी, गरिमा पन्त लगाएतका कलाकारहरुको अभिनय रहेको भएता पनि पत्रकार सम्मेलनमा भने दुई नायिका र निर्माता समेत रहेका शाहीको मात्र उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu