शहर कि गाउँका ‘गोरे’ दीलिप ?



मंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोरे’बाट नायक दीलिप रायमाझीले ठूलो पर्दामा कमब्याक गर्दैछन् । एकसमय सुपरहिट फिल्मको मात्र छाँयामा बसेका दीलिप पछिल्लो समय भने विदेशमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा बढी व्यस्त देखिन्छन् । स-परिवारसहित अमेरिकामा बस्न थालेपछि उनी नेपाली फिल्ममा खासै देखिएका छैनन् ।

दीलिपले ‘गोरे’मा गाउँले परिवेशदेखि शहरीया परिवेशसम्मको क्यारेक्टर अथवा सोझो गोरेदेखि स्मार्ट गोरेसम्मको भूमिका निर्वाह गरेका छन् । दीलिप ‘गोरे’बाट फेरि सफलता हासिल गर्नेमा विश्वस्त छन् ।

चलचित्रको कथा नै दीलिप रायमाझीका लागि लेखिएको र यस्तो क्यारेक्टर उनी बाहेक अरुले गर्न नसक्ने निर्देशक रामेश कुमार राई बताउँछन् । ‘गोरे’मा दिलिपसँगै अनु शाह, राकेश कुमार राई, गुनु घर्ती लगायतका कलाकारको अभिनय रहेको छ ।

सुर्य जिसिको प्रस्तुती तथा रुपा जिसिको निर्माण रहेको चलचित्रलाई हरिनारायण चौधरीले छायांकन गरेका हुन् भने लेखन शंकर अधिकारी ‘घायल’को रहेको छ । ‘गोरे’का गीतमा बिकाश चौधरीको संगीत सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu