निखिलको ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाण्डौ। निखिल उप्रेती स्टारर नेपाली चलचित्र ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ ।

माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा निखिलको साथमा सारा सिर्पालीको प्रमुख अभिनय छ । स्टारर फिल्म ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा साराका लागि निखिलले गरेको संघर्ष देखिन्छ ।

चलचित्रलाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायिका साराले ‘पिंजडा व्याक अगेन’बाट आफ्नो करिअरमाथी उठ्नेमा विश्वस्त रहेको बताइन् । निखिल भने उपत्यका बाहिर भएका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् ।

यो चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् । निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।

सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu