काठमाण्डौ। चर्चित गीत ‘साइँली’ टीमले अब चलचित्र बनाउने भएको छ । ‘साइँली’ शिर्षकमा नै चलचित्र बन्ने भएको हो ।
जिएच इन्टरटेनमेन्ट ब्यानरले ‘साइँली’ निर्माण गर्न लागेको हो । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ ।
गीतको भिडियोमा गौरव पहाडी र मेनुका प्रधानको अभिनय रहेको छ । चलचित्रमा पनि यि कलाकार प्रमूख पात्र रहनेछन् । फागुन पहिलो साताबाट छायांकन सुरु हुने बताइएको यो चलचित्रलाई ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ चलचित्रका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्दैछन् ।
कार्यक्रममा बोल्दै निर्देशक गुरुङले गीतले बोकेको भावलाई चलचित्रमा उतार्ने प्रयास गर्ने बताए । यस्तै, नायक गौरव पहाडीले ‘साइँली’बाट आफू फिल्म निर्माण पनि होमिएको र यो चलचित्र आफ्नो लागि टर्निङ प्वाइट हुने बताए । चलचित्रमा गीतमा जस्तै वैदेशिक रोजगारीको कथा रहनेछ ।
चलचित्रमा अजय पोखरेल, विशाल गुरुङ, मोहन थापा निर्मातामा छन् ।