मोवाइलबाट चलचित्र खिच्ने प्रतियोगीता सुरु



नेपालमा चलचित्र बनाउने प्रविधिको विकास दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थामा सर्वनामले ‘मोवाइल फिल्म प्रतियोगीता’ आयोजना गर्ने भएको छ । राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा गरिएको पत्रकार सम्मेलनमा ‘दृश्यांश’ को दोस्रो संस्करण घोषणा गरियो । यो प्रतियोगीताको निर्णायकमा निश्चल बस्नेत, अभिनाश विक्रम शाह र दिपक रौनीयार र सुशिल पौडेल रहेका छन् ।

प्रतियोगीताको बारेमा जानकारी दिँदै ‘दृश्यांश’को संयोजक सम्पदा मल्लले कथा भएर पनि प्रविधिको कारणले खुम्चिएका पुस्तालाई यो प्रतियोगीताले मुलधारमा ल्याउन सहयोग गर्ने बताइन् ।

उनले भनिन्, ‘मोवाइल चलचित्र प्रतियोगीता नेपालमा नयाँ सुनिएपनि विश्वमा यस्ता प्रकारका महोत्सब धेरै हुने गर्छन् । ‘दृश्यांश’ को पहिलो संस्करणमा करीब ४०० फिल्म आएको र उत्साहजनक सहभागीता भएका कारण नै दोस्रो संस्करण गर्न लागेका हौं ।’

कार्यक्रममा बोल्दै निर्देशक निश्चल बस्नेतले कुनैबेला आफूले चलचित्र बनाउने सोच्दा प्लेटफर्म नपाउँदा धेरै भौतारिरहेको र प्रविधि अभावमा खुम्चिनु परेको तितो अनुभव सुनाए । उनले यस्ता प्रतियोगीताले चलचित्र बनाउन चाहने तर प्रविधीको कारणले खुम्चिएका प्रतिभालाइ मूलधारमा ल्याउने बताए ।

यो प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले मोवाइलबाट खिचेर बनाइएको चलचित्र आयोजकलार्इ बुझाउन सक्नेछन् । चलचित्रको अधिकतम समय ३ मिनेट हुनु पर्नेछ । प्रतियोगीतामा पहिलो पुरस्कार नगद ७५ हजार, दोस्रो पुरस्कार स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कार टचकन ट्याव रहेको छ ।

साथै, उत्कृष्ट चलचित्रहरुलाई सिनेमाघर एपमा राखिने र धेरै हेरिएको फिल्मलार्इ अडियन्स च्वाइस अवार्ड आइप्याड ९.७ इन्च प्रदान गरिनेछ । प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले माघ १७ गते सम्म सर्वनाम थिएटर कालिकास्थान वा [email protected] मा चलचित्र पठाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu