नेपालमा सर्वाधिक भ्यूज पाउने पहिलो नेपाली गीतको रेकर्ड चलचित्र ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ले आफ्नो नाममा दर्ता गराएको छ । छोटो समयमा एक, दुई र तीन करोड हुँदै यो गीतलाई ६ महिनामा युट्युबमा चार करोडभन्दा बढी पटक हेरिएको छ ।
युट्युबमा नेपाली गीतले करोड भ्यूज पाएको खबर सामान्य बन्दै गर्दा ‘कुटुमा कुटु’लाई भने नेपालको जनसंख्याभन्दा पनि बढी पटक हेरिएको छ । गीतलाई १ लाख ४० हजार लाइक र १८ हजार डिसलाइक मिलेको छ भने झन्डै साढे ९ हजार कमेन्ट प्राप्त भएको छ ।
‘कुटुमा कुटु’को गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् । गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वरमा राजनराजलाई मेलिना राई र राजन ईशानले साथ दिएका छन् ।
भिडियो :-