गायक प्रमोद खरेलको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियो)



काठमाडौं। गायक प्रमोद खरेलको नयाँ गीत ‘दंतैमा’को भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियो मंगलबार साँझ यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा शंकर थापाका स्माइलको संगीत छ भने डिपी खनालले यसका शब्दहरु रचना गरेका हुन् । उदय राज पौडेल यो गीतका संगीत संयोजक हुन् ।

दिक्षा क्रिएसनद्वारा प्रस्तुत गरिएको म्युजिक भिडियोमा नेपाली ठिटोस समुहका नृत्य कलाकारहरुले आकर्षक नृत्य गरेका छन् । सुनिल क्षेत्री तथा प्राञ्जली सापकोटालाई फिचर गरिएको भिडियोको कोरियोग्राफी पनि नेपाली ठिटोजले नै गरेको हो ।

पवन सुस्लिङ यो भिडियोका छायांकार हुन् भने विकास ज्ञवालीले भिडियोमा सम्पादनसहित भिएफएक्स तथा कलर करेक्सन गरेका छन् । नेपाली ठिटोजका सुनिल क्षेत्रीद्वारा निर्देशित यो भिडियोमा गायक प्रमोद खरेललाई प्रभावकारी शैलीमा चित्रण गरिएको छ ।

हेर्नूहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu