‘क्याप्टेन’मा अनमोलसँग उपासनाको जोडी बाँधिने चर्चा



काठमाण्डौ। अहिलेका चल्तीका नायक अनमोल केसी नयाँ चलचित्र ‘क्याप्टेन’मा फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । उनी अभिनीत नयाँ चलचित्र ‘कृ’ माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रत्येक चलचित्रमा नयाँ नायिकासँग रोमान्स गरेका अनमोलले ‘क्याप्टेन’ उपासना सिंह ठकुरीसँग स्क्रिन शेयर गर्ने चर्चा चुलिएको छ ।

उपासना नेपाली चलचित्रका लागि फ्रेस अनुहार हुन् । दीवाकर भट्टराईले निर्देशन गर्ने ‘क्याप्टेन’मा अनमोल र उपासनाको नाम राख्दै निर्माण पक्षले चलचित्र विकास बोर्डमा नाम दर्ता गराएको छ । तर, चलचित्र यूनिटबाट प्राप्त जानकारी अनुसार उपासना ‘क्याप्टेन’का लागि कन्फर्म भने भइसकेकी छैनन् । अनमोलले भने उपासनालाई आफ्नो अपोजिटका लागि अफर गरेको चर्चा सिनेवृतमा छ ।

उपासनाले अनमोलसँगको एक तश्विर आफ्नो इन्स्टाग्राममा समेत अपलोड गरेकी छिन् । यो चलचित्रमा अनमोलसँगै अन्य दुई नायिकाको पनि प्रमुख भूमिका रहनेछ । अर्को वर्षको काजल फिल्मस् बाट निर्माण हुने चलचित्रको कथा सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu