‘पराई’को पोस्टरमा राजबल्लभ | चार मिनेटको अभिनयलाई प्रमूख पात्रजस्तै



raj-paraiबैकुण्ठराज पराजुली, काठमाडौं। नायक राजवल्लभ कोइरालाले ‘पराई’चलचित्रमा आफ्नो नाम र फोटो देखाएर प्रचार गरेको भन्दै आपत्ती जनाएका छन्। आफुले सो चलचित्रमा समावेश एउटा गीतमा मात्र अभिनय गरेको भन्दै निर्माण युनिटले आफू नै प्रमुख कलाकार भएझैं बनाएर प्रचारप्रसार गरेकोमा आपत्ति जनाएको बताएका छन्।

आफ्नो फेसबुक वालमा स्ट्याटस लेख्दै पराई चलचित्रको निर्माण युनिटले प्रचार प्रसारमा प्रयोग गरेको पोस्टरमा समाबेश फोटो समेत सो चलचित्र सँग सम्बन्धित नरहेकोले त्यसले दर्शकमा गलत सन्देश जाने भन्दै निर्माण युनिट समक्ष दुःखेसो पोखेका छन् । नायक कोईरालाले पोस्टरमा समाबेश तश्विर क्यानडामा खिचेको र त्यो पनि फेसबुकबाट तानिएको भन्दै त्यो पहिरन पनि नभएको अनि लुक्स पनि नभएको तथा चलचित्र प्रसङ्गबाट टाढा रहेको भन्दै दर्शकलाई नझुक्किन आग्रह गरेका छन । साथै उनले त्यसै त नेपाली चलचित्रका दर्शक कम रहेको तथा निर्माताको यस्तो पाराले झन गलत सन्देश जाने भन्दै दुःख ब्यक्त गरेका छन् ।

साथै उनले सो एक गीतमा पनि निर्देशक शिव रेग्मीको आग्रहमा मात्र अभिनय गरेको समेत बताएका छन् । नेपाली चलचित्रका सफल निर्देशक निर्देशक शिव रेग्मी निर्देशित यो चलचित्र ‘पराई’ सामाजिक कथावस्तु बोकेको चलचित्र हो । यो चलचित्रमा निरज बराल, नन्दिता केसी, गरिमा पन्त र गोविन्द शाही लगायतले राजवल्लभ कोइराला एउटा गीतमा देखिनेछन्। फिल्ममा बसन्त सापकोटाले संगीत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu