‘फिर्के’को रोमान्टिक गीत रिलिज (भिडियो)



पुष २१ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘फिर्के’को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सानी सानी’ बोलको गीतमा विश्व नेपाली र जुना प्रसाइँको स्वर रहेको छ भने रामशरण नेपालीको शब्दमा गायक विश्वले नै संगीत भरेका छन् ।

गीतको भिडियोमा चलचित्रका कलाकार सुलेमान शंकर ‘ईकु’ र नव-नायिका क्रिष्टिना पौडेल फिचरिङ छन् । यसअघि चलचित्रको ट्रेलर र लोक लयको ‘चट्टै’ बोलको गीत युट्युबमा सार्वजनिक भइसकेको छ । ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रवि डंगोल चलचित्रका निर्देशक हुन् । छ वटा नेवारी (नेपाल भाषा)का चलचित्रहरु निर्देशन गरेर ‘तितो सत्य’, ‘जिरे खुर्सानी’ लगायतका टेलिसिरियलमा ‘बेमान’को नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र पनि निर्देशन गरेका थिए । यसअघि ‘ईकु’ र ‘ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ‘ईकु’ भन्दा फरक भूमिकामा अभिनय गरेका छन् ।

यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu