दया र प्रियंकाको ‘ह्याप्पी डेज’को ट्रेलर रिलिज (भिडियो)



नेपाली चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ ।

माघ १२ गते देशव्यापी रिलिज हुने ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स अभिनित चलचित्रको छायांकन बेलायतमा गरिएको छ ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । ताराप्रकाश लिम्बु, राजनराज सिवाकोटीको संगीत, मिलन चाम्स र कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन यो चलचित्रमा छ ।

वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको ‘ह्याप्पी डेज’लाई रामकुमार केसीले खिचेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu