स्वेतालाई नयाँ फड्को दिलाउने ‘कोहिनुर’ | चेलीबेटी बेचबिखनको कथा



kohinoor-shree-&-sweta
श्यामसुन्दर गिरी, काठमाण्डौ। 
अनौपचारिकतामा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खडका एउटा ‘पपुलर कपल’को रुपमा रजतपटमा चिनिएका छन्। बिभिन्न उत्सव, अवार्ड फ‌ंक्सन लगायतका समारोहमा यो जोडीलाई सँगै देख्न पाईन्छ । लामो समय सम्म पनि यि दुइलाई एकसाथ चलचित्रमा देख्न पाईएन तर अब भने यि जोडीलाई पुन: चलचित्रमा देख्न पाईनेछ। भदौ महिनाबाट सुटिङ सुरु गरेको चलचित्र कोहिनुरले ४५ दिनको अवधिमा हालै मात्र सुटिङ समापन गरेको छ।

महिला बेच बिखन सम्बन्धी सामाजिक कथा वस्तु प्रस्तुत गरिएको बताईने कोहिनुरको हालै दरबारमार्ग स्थित शेर्पा मलमा क्लाइमेक्स खिचिएको निर्देशक आकाश अधिकारिले ठुलोपर्दा डटकमलाई जानकारी दिए। कोहिनुर नेपा: मुभिजको व्यानरमा श्री कृष्ण श्रेष्ठले निर्माण गरेका हुन्। यस चलचित्रमा श्री कृष्ण श्रेष्ठ, स्वेता खड्का, मिथिला शर्मा, मुकुन्द श्रेष्ठ, सुनिल कटुवाल, सम्राट सापकोटा, रमेश अधिकारी, गोपाल अर्याल, सुरेश अधिकारी र केही भारतीय कलाकारहरुले समेत अभिनय गरेका छन्।

चलचित्र ‘कहाँ भेटिएला’को प्रेम जोडीलाई ‘कोहिनुर’मा कस्तो जोडीमा पाईन्छ त्यसको लागि भने चलचित्र रिलिज हुनैपर्छ। एउटै चलचित्रबाट हिट लिष्टमा परेकी नायिका स्वेता खड्काले कोहिनुरलाई आफ्नो टर्निङ् प्वाईन्टको रुपमा लिनु पर्ने देखिन्छ। यो चलचित्रको काम र चर्चाले उनलाई स्थापित नायिका बनाउनेछ अन्यथा खुम्चिएर बस्नुको विकल्प हुनेछैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu