हेर्नुहोस्, ‘बटरफ्लाई’को शिर्ष गीत (भिडियो)



यहि पौष २८ बाट दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र ‘बटरफ्लाई’को शिर्ष गीत रिलिज भएको छ । रिलिजको दिन नजिकिँदै गर्दा निर्माण टिमले चलचित्रको ‘टाइटल गीत’ रिलिज गरेको हो । यसअघि रिलिज फिल्ममा समावेश ‘म गाउँदिन अब गीत गजल’ बोलको गीत युट्युवमा हिट बनिसकेको छ । १० लाख बढिले उक्त गीत हेरिसक्दा निर्माण टिमले नयाँ गीत बाहिर ल्याएको हो ।

स्याड भर्सनको सार्वजनिक शिर्ष गीतमा स्वर युवराज चौलागाईंको छ भने संगीत विकास चौधरीले भरेका छन् । सुरज लामिछानेको शब्द समावेश गीतको सार्वजनिक भिडियो निर्देशन कविराज गहतराजको छ । गीतमा लिड कलाकार आर्यन अधिकारी र प्रियंका कार्की फिचरिङमा छन् ।

आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी र माधव पण्डित लिड अभिनयमा रहेको ‘बटरफ्लाइ’लाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा विकाससँगै अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ ।

सुरेश बज्राचार्यले खिचेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेको चलचित्रमा मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी छन् । अर्जुन जिसी र मन्दिल श्रेष्ठले चलचित्र सम्पादनको काम गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu