‘सत्रु गते’को ‘रुपै मोहनी’ गीतमा दीपादेखि आँचलको छमछमी (भिडियो)



चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सत्रु गते’को गीत सार्वजनिक भएको छ । ‘रुपै मोहनी’ बोलको गीतमा लोकराज अधिकारीको शब्द, टंक वुढाथोकीको संगीत, मिना निरौला र टंककै स्वर रहेको गीत लोकलयमा तयार पारिएको छ । यो गीत अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको हो ।

हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरु गीतको भिडियोमा फिचरिङ छन् । गीतको भिडियोमा ३ पुस्तालाई देखाइएको छ । हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन्

यो चलचित्र मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu