‘ए सोल्टिनी’को ट्रेलर रिलिज (भिडियो)



निमा लामा तामाङ निर्देशित ‘ए सोल्टिनी’ चलचित्रको पोस्टर, गीत र ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्र जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो ।

सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङ लगायतका कलाकारले अभिनय गरेको चलचित्रबारे पत्रकार सम्मलेन गरि जानकारी दिइएको हो । कार्यक्रममा चलचित्रका निर्देशक निमा, निर्माता दिलकुमार, अभिनेता सविन, अर्जुन, द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ लगायतले संयुक्त रुपमा ‘ए सोल्टिनी’को पोस्टर सार्वजनिक गरेका थिए ।

निर्माता दिलकुमारले ए सोल्टिनी पहिला बिभिन्न देशमा बिशेष शो गरिने र त्यसपछि मात्रै नेपालमा प्रदर्शन गरिने जानकारी दिए । यस्तै, निमाले ‘ए सोल्टिनी’ निकै रमाइलो फिल्म भएकाले दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे ।

अभिनेता सविनले ‘ए सोल्टिनी’ मिठो फिल्म बनेकाले दर्शकले मन पराउनेमा आफू बिश्वस्त भएको बताए । उनले चलचित्रको स्क्रिप्ट मन परेकाले अभिनय गरेको बताउदै नयां टिमसंग काम गर्दा बेग्लै अनुभव भएको सुनाए ।

काठमाडौ उपत्यका वरिपरि खिचिएको चलचित्रको प्रस्तुतकर्तामा पूर्णी तामाङ छिन् । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको चलचित्रमा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको चलचित्रको कोरियोग्राफी अभि लामाले गरेका हुन् । सार्वजनिक ट्रेलरमा कमेडी र प्रेम प्रस्तुत गरिएको छ ।

ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu