‘रुपै मोहनी’को किर्तिमानी रेकर्ड (भिडियो)



अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीत चलचित्र ‘शत्रु गते’को ‘रुपै मोहनी’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । अपलोड गरिएको २४ घण्टा नपुग्दै यो ट्रेन्डिङ नम्बर २ मा पर्न सफल भएको छ ।

चलचित्र ‘शत्रु गते’ को पहिलो प्रचार-प्रसार सामग्री अन्तर्गत गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंकले मीना निरौलासंग संयुक्त रुपमा गाएका छन् ।

ट्रेन्डिङ नम्बर २ मा रहेको गीतलाई २४ घण्टामा ८ लाख १८ हजार ५ सय ३१ पटक हेरिसकेका छन् । यसअघि चलचित्र ‘छक्का पन्जा २’ मा रहेको ‘नाइलनको साडी’मा लाई २४ घण्टामा ८ लाख १६ हजार पटक हेरिएको थियो ।

हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरु गीतको भिडियोमा फिचरिङ छन् । गीतको भिडियोमा ३ पुस्तालाई देखाइएको छ । हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन्

चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu