तेश्रो छायाँछवि काव्य श्रृंखलामा वसन्त र शान्ति



छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको छायाँछवि काव्य श्रृंखलाको तेश्रो संस्करणमा कवि वसन्त प्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुन्जिने भएका छन् । छायाछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनका अनुसार आगामी पौष २७ गते सिटिम्याक्स बागबजारमा छायाँछवि काव्य श्रृंखला आयोजना गरिने छ ।

उक्त अवसरमा कवि वसन्त प्रकाश र गजलकार शान्ति शर्माका करिब दुई दर्जन कविता र गजल वाचन हुने भएको छ । करिब साढे दुई दशक भन्दा अघिदेखि साहित्यको क्षेत्रमा आफूलाई अब्बल बनाएका कवि वसन्त प्रकाशले कार्याक्रममा कबिता वाचन गर्ने छन् ।

त्यस्तै गजलमा आफूलाई अब्बल रुपमा उभ्याउन सफल शान्ति शर्माले उक्त कार्यक्रममा एक दर्जन भन्दा बढी गजल वाचन गर्ने छिन् ।

कविता र गजल वाचनको शैलीलाई पछ्याउने क्रममा चलचित्र, गीतसंगीतमा क्रियाशील रहँदै आएको संस्था छायाँछविले अब साहित्यको क्षेत्रमा चालेको यो अभियानबाट साहित्यको क्षेत्रमा क्रियाशिल रहि यसै क्षेत्रको विकाशमा केहि न केही भए पनि योगदान पुग्ने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu