‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक (भिडियो)



चलचित्र ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रोमान्स, प्रेम र एक्सनका दृश्यहरु समेटिएका छन् । माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ ।

चलचित्रका निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँ हुन् । फिल्ममा नरेन खड्का, रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । नायक नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’मा गाउँले युवकको भूमिका निर्वाहा गरेका छन् ।

पवन गौतमले खिचेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई चलचित्रका कोरियोग्राफर हुन् । रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाले फिल्मका गीतका स्वर दिएका छन् । चलचित्रको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu