फ्राइडे रिलिज : ‘फिर्के’ र ‘राज्जा रानी’



फ्राईडे रिलिजमा दुई चलचित्र ‘फिर्के’ र ‘राज्जा रानी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन् । सुलेमान शंकर ‘ईकु’ अभिनीत तथा निर्मित चलचित्र ‘फिर्के’लाई रवि डंगोलले निर्देशन गरेका हुन् । यो चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

यस्तै, ‘राज्जा रानी’लाई ‘कोहिनुर’, ‘वीर विक्रम’, ‘शब्द’, ‘के म तिम्रो होइन र’ र ‘रानी’को कथा लेखिसकेका यम थापाले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशन हो । चलचित्रले पश्चिम तराईस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ ।

चलचित्रमा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यको अभिनय छ । ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।

आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘राज्जा रानी’का कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu