कैलालीमा लण्डनको चिसो | राजेश हमाल र मल्लिका कार्कीले तताए



rajesh-hamal-mallika-karki
सि.पि. जैशी, कैलाली।
कैलालीको लम्कीमा जारी ‘लम्की महोत्स‍व’मा छैटो दिन बिहिवार नायक राजेश हमाल र मल्लिका कार्कीले दर्शक लाई झुमाएका छन्। गायिका कार्की र नायक हमाल मञ्च उक्लेका मात्र के थिए दर्शक उत्साहको सिमा नै रहेन।

चट्ट रुमाल क्या मालुम बाट गित गाउन सुरु गरि जुनमाग जुन, अच्छालेकिन लण्डनको चिसोले, मुसुमुसु हासी देउ न सानु लगायतका आधा दर्जन गित गाएकी कार्कीका गितमा दर्शकले नाचेर साथ दिएका थिए। मल्लिकाको चर्चित गित ‘यती धेरै मान्छेहरुको भिडमा एउटा मान्छे छ मरो मनमा’ बोलको गीत गाएका वेला दर्शक उत्त्साह भई मञ्च उक्लन खोजे पछि सुरक्षाकर्मी लाई समेत दर्शकको भिड लाई कन्ट्रेाल गर्न हम्मे हम्मे परेको थियो।

यसै ‍गरी नायक हमालले खलनायक, शंकर लगाएतका चलचित्रका केही संवादहरु सहित आफ्नो सुपरहिट फिल्म ‘एक नम्बरको पाखे’को गितमा नृत्य समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu