अब बैशाख १४ मा ‘लिलिबिली’



चैत ३० गतेबाट युवा स्टार प्रदीप खड्का अभिनीत चलचित्र ‘लिलिबिली’ ब्याक हटेको छ । चलचित्रको छायांकन हालसालै सकिएका कारण पोस्टप्रोडक्शनमा समय लाग्ने भएपछि पूर्व निर्धारित मितिमा यो चलचित्र नआउने भएको हो । निर्माता गोविन्द शाहीका अनुसार, अब ‘लिलिबिली’लाई बैशाख १४ गते प्रदर्शनमा ल्याइनेछ ।

चाँडै निर्माण यूनिट एक गीत सार्वजनिक गरेर चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारीमा छ । लन्डन, स्कटल्याण्ड, टर्कीको स्थानबुलसँगै नेपालमा यो चलचित्रको छायांकन गरिएको छ । नायक प्रदीप खड्का जोडिएदेखि यो चलचित्र दर्शकमाझ प्रतिक्षीत बनेको छ । मिलन चाम्स निर्देशित चलचित्रमा प्रियंका कार्की, प्रदीप खड्का, जसिता गुरुङ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu