भिडियोमा हेर्नुहोस् राजा-रानीको भड्किएको आत्मा



बफिन्स ९८ समुहको नयाँ गीत ‘अन्जानैमा बसेछ माया’ शिर्षकको भिडियो सार्वजनिक भएको छ । कुनैबेलाका राजा-रानी र उनिहरुको भड्किएको आत्मामाथि यो भिडियोको कथा एउटा दरबार भित्रनै सक्ने गरि बुनिएको छ ।

गीतको शब्द संगीत यसै ब्यान्डका गायक सन्जिब गुरुङको रहेको छ भने भिडियोमा गौरव पाहारी र प्रियंका सिंहको अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन यसै ब्यान्डका गीतारिस्ट जिबन भाईले गरेका छन । बफिन्स भन्ने शब्द ब्रिटिश स्ल्याङ हो, जसको अर्थ हुन्छ बैज्ञानीक । गीत संगीतमा दुई दशक पार गरेको अबसरमा २०१८ सुरुमा यो नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ ।

हाल यस् ब्याडका गायक सन्जिब हङकङको कोएजार एच के भन्ने समुहमा सकृय छन भने समुहका अन्य सदस्यहरु बिबेक थापा प्रताप गुरुङ बिजय हावा रोशन महर्जन अन्य देशमा बोसोबास गरेका छन ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu